स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो ।
सधैं नेकपा एमालेको ‘दबदबा’ रहेको बुटवलमा आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा एमालेले कसलाई अगाडि सार्ला भनेर बहस र चर्चा शुरू भइसकेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै एमालेसहित प्रमुख दलमा मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीले आन्तरिक रूपमा लबिङ शुरू गरेका छन् ।
बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौ...