बीमा रकम नपाएको किसानको गुनासो

बारा – सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् । किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा […]

सम्बन्धित सामग्री

पत्रकार महासङ्घ प्रत्यक्ष निर्वाचनको तयारीमा

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् । महासंघको उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक संंघीयतामा गएसँगै आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि संगठनमा उठाइएको प्रत्यक्ष निर्वाचनको मुद्धा सम्बोधन भएको बताउनुभयो । महासंघ केन्द्रको वार्षिक साधारणसभा भने यही फागुन ४ र ५ गते हुँदैछ । अध्यक्ष आचार्यले समानुपातिक विज्ञापन, सञ्चार क्षेत्रलाई सामाजिक उद्योगको मान्यता, श्रमजीवी पत्रकारको हक अधिकार थप स्थापित गर्न सफल भइएको बताउनुभयो । सो अवसरमा काठमाडौं भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा काठमाडौँ शाखाका संस्थापक सभापति किशोर नेपाल, भक्तपुरका रमेश खड्का र ललितपुरका प्रभुनारायण बस्नेतलाई सम्मान गरियो । महासङ्घका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कसैले हनन् गर्न नहुने र यसको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । महासङ्घका सचिव रामप्रसाद दाहालले कोरोना महामारीका विभिन्न सञ्चार गृहमा समस्यामा पारिएका करीव ५०० श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन गरी समाधान गराइएको बताउनुभयो । सो प्रदेश कमिटीले दिवंगत पत्रकार गोविन्द शर्मा घिमिरेका छोरी श्रेया घिमिरेलाई छात्रवृत्तिस्वरुप रु २० हजारको चेक पनि आज हस्तान्तरण गरेको छ । प्रदेश कमिटीका अध्यक्ष एनके दाहालले आफ्नो पहलमा ११९ जना पत्रकारको कोरोना बीमा गराइएकामा संक्रमितमध्येले बीमा रकम पाउन थालेको जानकारी दिनुुभयो । महासङ्घको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुङ्गानाले प्रदेश संरचना बनाइए पनि महासङ्घ केन्द्रले आफूहरुले साङ्गठनिक तथा आर्थिक अधिकार उपयोग गर्न नपाएको गुनासो गर्नुभयो । महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विडारीले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमका हकहितका लागि आफूहरुले कार्य गर्दै आएको बताउनुभयो ।(रासस)