काठमाडौं (अस) । टीभीएस रेडर सप्तरंग ३ को पहिलो कार्यक्रम झापाको काँकडभिट्टामा सम्पन्न भएको छ । मंसिर २४ गतेबाट सुरु भएको टीभीएस रेडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा दर्शक सहभागितामा सम्पन्न भएको कम्पनीले बताएको छ । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेको कार्यक्रममा चलचित्र नायक राजेश हमाल पनि सहभागी थिए ।
कार्यक्रमको दोस्रो दिन कम्पनीले बिर्तामोडमा अवस्थित सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राजऔतो मोबाइल्समा पनि सप्तरंगका कलाकारले टीभीएस रेडर उद्घाटन गरेका थिए । टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउन विशेष लोगो प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि रहेको कम्पनीको भनाइ छ ।
टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रूपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पका साथै पर्याप्त भिजिबिलिटी प्रदान गरेको छ । टीभीएस रेडरमा ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन क्षमता छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रतिघन्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेन्डमा प्राप्त गर्ने क्षमता रहेको छ ।