कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै काठमाडांै छाडेका छन्। यही नाका हुँदै वैशाख १ देखि १५ गतेसम्म ७ लाख जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
सर्वसाधारण नागरिक घर फर्किन बिहीबार बसपार्क, कलंकी क्षेत्रमा उपस्थित थिए। सुरक्षाकर्मी उनीहरूलाई रोकिरहेका थिए। सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन नचलेकाले घर फर्किन असहज अवस्था थियो। उनीहरू सामान ब...