काठमाडौं : पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावल सक्रिय भएका छन्। नेता नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक नडाक्न चेतावनी दिएको थियो। तर, उपाध्यक्ष रावलको सक्रियतापछि ओलीले आज बोलाएको केन्द्रीय कमिटीको बैठकलाई स्थगित गरेर भोलिको लागि बोलाएका छन्। शनिबार दिउँसो उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग भेटेर बैठक रोक्न माग गरेका थिए। अध्यक्ष ओली भेटलगत्तै उपाध्यक्ष रावलले शनिवार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता