काठमाडौं: संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बेचविखन कसूरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका-३ खुन्दुनाबारी बस्ने ईलाम झरना चोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्रा