नाइजेरियामा ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद

काठमाण्डाै – अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीकाे एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठूलो भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ...