काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौँमा नेपाल तमु संघ (समाजवादी) को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् […]