‘भानुभक्त आचार्य’ नेपाली भाषीका लागि साँच्चिकै सम्झनलायक र सम्मानयोग्य नाम हो । आजसम्मको खोजअनुसार नेपाली भाषाको उत्पत्ति इसाको दसौँ शताब्दीतिर कर्नालीको सिन्जामा भएको हो । नेपाली भाषामा साहित्य लेखनको व्यवस्थित सुरुआत आधुनिक नेपालको स्थापना (वि.सं १८२५ पछि) सँगै भएको हो । आजसम्मको खोजअनुसार वि.सं १८२५–२६ तिर लेखिएको सुवानन्ददासको पृथ्वीनारायणसम्बन्धी कविताबाट नेपाली लेख्य साहित्य अगाडि बढेको हो । आधुनिक नेपालको स्थापनासँगै दरबार नजिकका पढेलेखेका व्यक्तिहरुले राजा महाराजाह