सुर्खेत : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका मन्त्रीहरूले सहिदपार्क सरसफाइ गरेका छन्।वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिदपार्कमा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायालगायत मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाइ गरिएको छ।सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान सहिदपार्क परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो। बिहीबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदे