चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने अज्ञात प्रदर्शनकारीको प्रशंसा !

बेइजिङ । चीनको राजधानी बेइजिङमा हालै राष्ट्रपति सी जिनपिङको समेत आलोचना गरी भएको नाटकीय विरोध प्रदर्शन गर्ने रहस्यमय व्यक्तिको अहिले अनलाइनमार्फत व्यापक खोजी भइरहेको छ । उनकाे कार्यको प्रशंसा पनि भइरहेकाे बीबीसीले जनाएकाे छ ।  ती अज्ञात प्रदर्शनकारीले बेइजिङको हाइदियान जिल्लाको सितोंग पुलमा सी र कोभिड–१९ सम्बन्धी कडा सुरक्षा नियमहरूविरुद्ध नारा लेखिएका दुई वटा ब्यानर टाँगेका...

सम्बन्धित सामग्री

सीबारे बाइडेनको गैरजिम्मेवार टिप्पणी भन्दै बेइजिङ आक्रोशित

चिनियाँ राष्ट्रपति सी चिनफिङबिरूद्ध 'अत्यधिक गैरजिम्मेवारपूर्ण' टिप्पणी गरेको भन्दै चीनले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेको छ।

सीबारे बाइडेनको गैरजिम्मेवार टिप्पणी भन्दै बेइजिङ आक्रोशित

चिनियाँ राष्ट्रपति सी चिनफिङबिरूद्ध 'अत्यधिक गैरजिम्मेवारपूर्ण' टिप्पणी गरेको भन्दै चीनले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेको छ।

सीले ट्रुडोको आलोचना नगरेको चीनको स्पष्टोक्ति

चीनको विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङले जी ट्वान्टी सम्मेलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको आलोचना नगरेको बताएको छ । सीले समूहको २० (जी २०) शिखर सम्मेलनको क्रममा भएको एक अनौपचारिक भेटघाटमा सी र ट्रुडोबीच भनाभन परेकोजस्तो भिडियो भाइरल भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार यस प्रकरणको स्पष्टीकरण दिँदै भने-  ‘तपाईंले उल्लेख गर्नुभएको भिडियो वास्तवमा जी २० शिखर सम्मेलनको क्रममा दुई नेताबीच भएको छोटो कुराकानी थियो । यो एकदम सामान्य हो ।

युक्रेन मामिलामा सन्तुलित अडानका लागि सीप्रति पुटिन कृतज्ञ

३१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा सन्तुलित अडानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् । उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच विहीबार भेटवार्ता भएको थियो । बीबीसीका अनुसार युक्रेनमा भएको आक्रमणपछि यी दुई राष्ट्र प्रमुखबीचको यो पहिलो भेट हो । भेटको क्रममा पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरे। […]

पुटिन र सी जिनपिङबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएकाे छ। उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हाे। भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। युक्रेनमा भएको आक्रमणपछि यी दुईबीचको यो पहिलो भेट हो। पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् भने  जिनपिङले चीन […]

के नेपालले बीआरआईलाई अहिले कम महत्त्व दिएको हो ?

चिनियाँ स्टेट काउन्सीलर वाङ यीको नेपाल भ्रमण क्रममा चीनले अघि सारेको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाबारे नेपाल सरकारको मौनताबारे कतिपयले प्रश्न उठाएका छन्।शुक्रवार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका क्रममा शनिवार परराष्ट्र मन्त्रालयले नौ वटा समझदारी भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।उक्त विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको बीआरआई परियोजनाबारे केही पनि उल्लेख छैन।तर चिनियाँ पक्षले जारी गरेको वक्तव्यहरूमा भने बीआरआई अघि बढाउन आफ्नो देश इच्छुक रहेको जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष नेकपा एमाले र सत्ता साझेदार माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा पनि बीआरआईबारे छलफल भएको बताइएको छ।तर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा बीआरआईबारे कुराकानी भए नभएकोबारे नेपालको सरकारी पक्ष मौन बसेको छ। वाङको भ्रमणका दौरान चीन र नेपालबीच विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर हुँदा बीआरआईसँग जोडिएका कुनै पनि परियोजना उल्लेख गरिएको छैन।नेपाल भ्रमण समापनअघि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाली पक्षले बीआरआई कार्यान्वयनका लागि चिनियाँ पक्षसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेको छ।माओवादी नेताको आपत्तिचिनियाँ पक्ष बीआरआई कार्यान्वयन कार्य योजनामा हस्ताक्षरको पक्षमा भए पनि सरकारले त्यसलाई अघि नबढाएको भन्दै गठबन्धनको प्रमुख साझेदार नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्।'अहिले कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने योजना थियो। तर सरकारले रोक्यो र बीआरआईबारे कुनै चर्चै गरेन त्यो सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति र नेपालको हित अनुकूलको कुरा होइन,' पूर्व परराष्ट्रमन्त्री समेत रहेका माओवादी नेता श्रेष्ठले भने।चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका क्रममा बीआरआई कार्यान्वयन कार्ययोजना अघि बढाउने चिनियाँ पक्षको तयारी रहेको उनको दाबी छ।माओवादीसहित कतिपय राजनीतिक दल र नेताहरूको असन्तुष्टिबीच सरकारले हालै अमेरिकी अनुदान सम्झौता एमसीसी संसद्‌बाट अनुमोदन गरेपछि चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा बीआरआई कार्यान्वयनबारे प्रक्रिया अघि बढ्ने आकलन गरिएको थियो।दुई देशबीच शनिवार भएका हस्ताक्षरमा बीआरआई नसमेटिएपछि सरकारले सन्तुलित कूटनीति अघि नबढाएको भन्दै कतिपयले आलोचना गरेका छन्।'हाम्रो पार्टीको दृष्टिकोणबाट कुरा गर्ने हो भने सरकारले ठिक कुरा गरेन,' श्रेष्ठ भन्छन्।'बीआरआई त सैद्धान्तिक सहमति मात्रै हो परियोजना होइन अहिले परियोजनामा जाने कुरा थिएन।'तर चीनले अनुदान दिने भनेको ११ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग बीआरआईका क्षेत्रमै उपयोग हुनसक्ने पनि कतिपयले आकलन गरेका छन्।एमाले नेताहरूले के भनेराजधानीको एक पाँचतारे होटलमा भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले बीआरआई कार्यान्वयन अघि बढाउन चिनियाँ मन्त्री वाङलाई आग्रह गरेको भेटमा सहभागी नेताहरूले बताएका छन्।'बीआरआईसँग सहमति भएर काम सुरु नभएका तथा काम सुरु भएर पनि गति नलिएका परियोजनाहरूलाई अघि बढाउनुपर्‍यो भनेर हाम्रो अध्यक्षले कुरा राख्नुभयो,' एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने।'हिजो सहमति गरेका सबै कुरा अघि बढाउँछौँ भन्ने कुरा (चिनियाँ) परराष्ट्रमन्त्रीज्यूले राख्नुभयो।'नेपाल र चीनबीच बीआरआई अघि बढाउने सहमति भइसकेका कारण त्यसलाई अघि बढाउने विषयमा सरकारले आशङ्का सिर्जना गर्न नहुने भट्टराईको भनाइ छ।'बाहिर अनुदान भए मात्र अघि बढाउँछौँ भन्ने कुरा पनि आएको छ। परियोजना हाम्रो आवश्यकतामा अघि बढाउनुपर्छ। त्यसलाई के गर्दा सम्बन्धित परियोजनाको उपदेयता रहन्छ त्यो आधारमा अघि बढाउनुपर्छ,' उनले भने।परियोजनाहरू अघि बढाउने ढाँचा दुई पक्षीय वार्ताबाट टुङ्ग्याउन सकिने यसअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहँदा परराष्ट्र सल्लाहकार समेत रहेका भट्टराईले बताए।'(वक्तव्यमा) उल्लेख किन गरिएन भन्ने सरकारको कुरा हो। सहमतिबाट पछि हट्दा हाम्रो विश्वसनीयतामा प्रश्न उठ्छ। त्यस्तो अविश्वसनीय वातावरण हुने गरी हामीले काम गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो,' उनले भने।तर चिनियाँ पक्षले माओवादी नेताहरूसँगको भेटमा बीआरआईबारे कुरा नगरेको माओवादी नेता श्रेष्ठले बताए। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेको उनले जानकारी दिए।'हाम्रो सरकार हुँदा बीआरआईमा हस्ताक्षर गरेको हो। त्यसलाई हाम्रो पार्टी चाहिँ अघि बढाउन चाहन्छ,' अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी नेता श्रेष्ठले भने।सरकारमै रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने बीआरआईबारे चिनियाँ पक्षले नै कुरा उठाउनुपर्ने बताए।'अब नउठेको विषय कोट्याएर हुँदैन। अहिले जति भएको छ त्यो ठिक छ,' उनले भने। सरकारले सन्तुलित कूटनीतिका लागि आफ्नो नीतिलाई पुनर्विचार गरेर जानुपर्ने यादव बताउँछन्।'ऋण भन्दा अनुदानलाई प्राथमिकता'विश्लेषक गेजा शर्मा वाग्ले भने बीआरआईमा हस्ताक्षर गरिसकेका कारण नेपाल पछि हट्नेबारे आशङ्का गरिहाल्न नहुने बताउँछन्। तर सरकारले ऋण लिएर भन्दा अनुदानका परियोजनालाई प्राथमिकतामा राखेका कारण बीआरआईबारे उल्लेख नभएको हुनसक्ने उनी ठान्छन्।'सरकारले ऋण भन्दा अनुदानलाई बढी प्राथमिकता दिएको छ। मौद्रिक नीतिले पनि त्यही भनेको छ,' विश्लेषक वाग्ले भन्छन्।'परराष्ट्र मन्त्रालयले उल्लेख नगरे पनि पूर्ववर्ती सरकारले बीआरआई अन्तर्गतका परियोजनामा पनि खर्च गर्न सकिने भनेर राखेका कतिपय आयोजनाबारे वक्तव्यमा उल्लेख छ।'उनले चीनले बीआरआई बाहेकका परियोजनामा पनि थप सहयोग गर्ने सम्झौता गरेबाट सरकार र चीनबीच बाहिर आशङ्का गरिएजस्तो सम्बन्धमा समस्या नदेखिएको दाबी गरे।'चीनसँगको सम्बन्धलाई बीआरआईको आँखाबाट र अमेरिकासँग एमसीसीको आँखाबाट मात्रै हेरेर परियोजनाकरण गर्नु दुर्भाग्य हुनसक्छ। कूटनीतिक सम्बन्धलाई परियोजनाका आधारमा हेर्ने र त्यसलाई मानक मान्ने भन्दा बहु आयामिक हेर्नुपर्छ,' उनले भने।वाङ वी आफ्नो तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर आइतवार स्वदेश फर्किएका छन्। आइतवार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए।चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०१३ मा शुरूवात घोषणा गरेको यो अभियानमा नेपालले २०१७ मा सामेल हुने सैद्धान्तिक सहमति जनाएको थियो।बेल्ट अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोड अन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एशिसिया, खाडी क्षेत्र, उत्तर अफ्रिका तथा युरोपसम्म जोड्ने सञ्जालको कुरा गरिएको छ।यसँगै ऊर्जा, सञ्चार एवम् व्यापार सहजीकरणजस्ता विषय पनि परियोजनामा राखिएका छन्। -बिबिसीबाट

कोप-२६ मा भाग नलिएकोमा ओबामाद्वारा चिनियाँ र रुसी राष्ट्रपतिको आलोचना

ग्लास्गो । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा भाग नलिएकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् । ‘मैले यथार्थ भन्नैपर्छ । सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने दुई मुलुक चीन र रुसका नेताहरु प्रक्रियामा सहभागी नहुनु सुखद छैन । ती मुलुकको राष्ट्रिय योजनाले पनि जोखिमलाई रोक्ने जरुरी आवश्यकतालाई […]

कहाँ छन् ज्याक मा ?

एजेन्सी । ई कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका मालिक ज्याक माबारे धेरै समाचाहरु प्रसारित भएका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेपछि बेपत्ता भएको खबर आएको थियो ।

कहाँ छन् ज्याक मा ? : चीन सरकारको आलोचनापछि दुई महिनादेखि गायब !

चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।ज्याकले नयाँ कुराहरु सुरु गर्ने प्रयासलाई दबाउनको साटो व्यवस्थामा परिवर्तन ल्याउन चीन सरकारसँग अपिल गरेका थिए । उनले वैश्विक

कहाँ छन् ज्याक मा ? : चीन सरकारको आलोचनापछि दुई महिनादेखि गायब !

चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो ...