सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको शुरूआत भए पनि बुधवार सुनुवाइ भने प्रभावित बन्यो ।
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न आग्रह गरेपछि न्यायाधीशहरू इजलास छाडेर छलफलमा जुटेका थिए ।
न्यायाधीशहरूको बैठकले कामु तोक्ने विकल्पबारे विधि र प्रक्रिया बुझेर भोलि निर्णय लिने निष्कर्ष निकालेको छ ।
'कामु प्रधानन्यायाधीश नतोकिँदासम्म बेञ्च बस्नुभएन भनेर वकिलहरू आए, त्यसपछि हामी छलफलमा जुटेका थियौं,' एक न्यायाधीशले लोकान्तरस...