वीरगञ्ज– इलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायब निरीक्षक वीरेन्द्र महतोविरुद्ध झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार महतोविरुद्ध झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गराएको हो। महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति […]