जनकपुरधाम : महोत्तरी जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ।
एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत कोरोना भाइरस महामारीको दोस्रो लहरको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।
स्वास्थ्य सामाग्रीहरूमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि.पि.ई. सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, ...