काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका हुन्। ‘निर्वाचनमा तपाईँहरूले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ । मतदानमा भएको यो उत्साहपूर