काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो। प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतका १९ न्यायाधीश आन्दोलनरत छन्। प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन्। यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अ