धादिङ - धादिङको गजुरी र रुवी भ्याली गाउँपालिकामा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्यसेवा प्रभावित भएको छ । करारका स्वास्थ्यकर्मी मात्र भएको स्वास्थ्य चौकीमा सेवा प्रवाह रोकिएको हो ।
धादिङको रुवी भ्याली गाउँपालिकामा ८ स्वास्थ्यसंस्था असार २० गतेदेखि नै बन्द भएका छन् । खादिङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभूत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाई, तीनचेत सामुदायिक स्वास्थ्य इकाई, कुप्चेत सामुदायिक स्वास्थ्य इकाई, नेवेर सामुदायिक स्वास्थ्य इकाई, सेर्तुङ हेल्थपोस्ट बन्द भएको छ ।
स्वास्थ्य ...