एक वर्षअघि जिल्ला अदालत गुल्मीले बैकिङ कसुर मुद्दामा १५ लाख रुपैयाँ जरिवाना फैसला सुनाइएकी ७० वर्षीया फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी ७० वर्षीया रेणुकला अर्याललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।पक्राउ परेकी अर्याललाई अदालत पेश गरि उक्त जरिवाना असुलीको प्रकृया चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी माधवप्रसाद खरेलले बताए ।