भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।
पर्वत - पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा ।
मजुवा...
पर्वत - पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा ।
मजुवा...
पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा ।मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरा
पर्वत – पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ। स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन्। तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन्। कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा। मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले ०७४ […]
मंसिर २९, खोटाङ । गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करीब पाँच हजार मेट्रिकटन घटेको छ ।
जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष शत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३ दशमलव २८ मेट्रिकटन उत्पादन घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४ दशमलव ३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आव २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१ दशमलव १० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।
‘यस वर्ष समयमै वर्षा भएका कारण जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान समयमै रोपाइँ भएको थियो’, उनले भने, ‘बेमौषमी वर्षा र हावाहुरीका कारण फूल खेल्दै गरेको धानको बोट ढलेर खेतमै नष्ट हुँदा यस वर्ष उत्पादनमा कमी आएको हो ।’
स्थानीय जातका धान ढिला फुल्ने गरेकाले पनि बेमौषमी वर्षा र हावाहुरीले यस वर्ष धानबालीमा ठूलो क्षति भएको किसानले बताएका छन् । बेमौषमी वर्षा र हावाहुरीका कारण पाँच हजार ५२२ दशमलव ६२ हेक्टर अर्थात् ४२ दशमलव ८२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति हुन पुगेको हो ।
जिल्लामा यस वर्ष धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मूल्य अकासिने अनुमान गरिएको छ । गत वर्ष प्रतिपाथी रू. १२० मा विक्री भएको धान यस वर्ष बढेर रू. १६० पुगेको कृषकले बताएका छन् ।
जिल्लामा यस वर्ष अलैँची उत्पादनमा पनि कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अलैँची उत्पादनको तथ्यांक संकलन हुन बाँकी रहे पनि करीब ३०÷३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।
एक हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि कृषकको भनाइअनुसार यो वर्ष अलैँची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आव २०७७/७८ मा ७८७ दशमलव ३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।
गत वर्ष जिल्लामा प्रतिहेक्टर शून्य दशमलव ७४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार गत वर्ष एक हजार ६४ हेक्टरमा लगाइएको अलैँचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने बिरुवा नै थियो ।
यस वर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य भने बढेको कृषकले बताएका छन् । मूल्य बढे पनि उत्पादन घटेपछि धान खेत मासेर व्यावसायिकरूपमा अलैँची खेती शुरु गरेका कृषक चिन्तित भएका छन् । रासस
प्रकाश नेपालइलाम, असाउ १ । अलैँचीमा रोग लागेपछि इलामका कृषक चिन्तित भएका छन् । डढुवा रोग लागेर अलैँची मासिन थालेपछि कृषक चिन्तित भएका हुन् । अलैंची खेतीमा हौसिएका इलामका कृषक अलैँचीमा रोग लागेर सखाप हुन थालेपछि चिन्तित भएका छन् । कालो सुनको उपमा पाएको अलैँची पछिल्लो समय इलाममा मासिने क्रममा रहेकोे छ । दुई वर्ष […]
२९ वैशाख, फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।
अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले …
पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।
पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको कीराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ कीराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो कीराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने कीरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त कीराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म कीराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताउनुभयो ।
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।