काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानप्रति प्रश्न उठाएका छन् । उनले डोजर आतंकतिर लक्षित गर्दै कानुनलाई पनि मिचेको बताएका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाहतिर लक्षित गर्दै ‘डोजर कि कानुन’ भन्ने बहसलाई अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सुकुम्वासी समस्याको समाधान केवल झुपडी भत्काउने काम नभई दशकौँदेखिको […]
१८ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले …
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले आफ्नो ओपीडी बाहिरको सुनसान अवस्था सार्वजनिक गर्दै प्रश्न उठाए, 'आज कसका लागि अस्पतालका ओपीडी खोल्न लगाइयो?” उनले निर्णय प्रक्रियामाथि टिप्पणी गर्दै यसलाई 'हचुवा र बचकना' भन्दै आलोचना गरे। उनका अनुसार नीतिगत निर्णय गर्दा जमिनी यथार्थ नबुझी हतारमा कदम चाल्नु समस्याको जड बन्न सक्छ।