काबुल विमानस्थलमा आइतवारयता १२ जनाकाे ज्यान गयाे : तालिबान अधिकारी

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गएको आइतवारयता १२ जनाको ज्यान गएको तालिबानका एक अधिकारीले बताएका छन् ।  विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको ज्यान गएको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ।  साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन ।’ यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गए...

सम्बन्धित सामग्री

अमेरिकाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल अब तालिबानको कब्जामा (भिडियो)

मंगलबार अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।#Taliban fighters enter a hangar in #Kabul Airport and examine #chinook helic

काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक

अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द

काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन । अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिबान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् । देशभित्र चिकित्सक […]

काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

काबुल । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश […]

काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।      अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।गत अगस्त

तालिबानले दिएको समयभित्रै अमेरिकाले उद्धार गरिसक्ने

अमेरिकाले तालिबानले दिएको समयसीमाभित्र अफगानिस्तानबाट उद्धारको काम सम्पन्न गर्ने भएको छ। तालिबानले ३१ अगस्टभित्र उद्धारको काम सक्न र त्यसो नगरिए काबुल विमानस्थल आफ्नो नियन्त्रणमा लिने चेतावनी दिएपछि अमेरिकाले समयसीमाभित्रै उद्धारको काम सक्ने बताएको हो।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तोकिएको समयअवधि थप्नेबारे अहिले केही नसोचिएको र समयमै उद्धारको काम सकिने बताएको छ। तालिबान अधिकारीले बिबिसीसँगको कुराकानीमा ३१ अगस्टसम्म उद्धारको काम नसकिएको काबुल अन्तर्राष्ट्रिय विमानस्थल पश्चिमा देशको कब्जामा र

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

विमानस्थलमा विदेशीहरुको अपहरण भएको विषयमा तालिबानको यस्तो प्रतिक्रिया

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।  काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए । “अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान ग

काबुल विमानस्थल अझै अस्तव्यस्त

अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको अवस्था अझै पनि अस्तव्यस्त रहेको छ । अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना कर्मचारी तथा नागरिकहरु एवम् सहयोगी अफगानलाई उद्धार गर्ने प्रक्रिया जारी राखेका बेला विमानस्थल अस्तव्यवस्त नै छ । विमानस्थलको पहुँचमा नियन्त्रण कायम गरेका तालिबान लडाकुले हवाई फायर गरेर विमानस्थल जाँदै गरेका सर्वसाधारणलाई तितरवितर पारेका छन् । […]

काबुल विमानस्थल क्षेत्रमा अझै पनि अव्यवस्था

अफगानिस्तानको राजधानी काबुलबाट भाग्न खोजिरहेका पश्चिमी मुलुकका नागरिकले आफूहरूलाई भीडले किचेको र जिउ छामछुम गरेको बताएका छन् ।  विमानस्थल बाहिर तालिबान चेकपोइन्टमा रोकिएका अफगानहरू भागाभाग गर्दा यस्तो स्थिति आएको हो ।  तालिबान लडाकूहरूले काबुल विमानस्थललाई घेराबन्दी गरेका छन् र त्यहाँ पुग्ने सबै नाकामा नियन्त्रण गरेका छन् । उनीहरूले को देश छोडेर जाने अनि को नजाने भन्ने विषयमा निर्णय लिनेछन् ।  बेलायतको रोयल मरिनका पूर्व कमान्डो पल फार्दिङले गर्भवती पत्नीलाई भीडले विमानस्थल बाहिर धकेलेको, कुल्चेक...