चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताएका छन्। चुनावी अभियानका क्रममा भरतपुर–१६को चौकी र वरमपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्याय प्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गरेका छन्। आफू राजनीति गर्न भन्दा पनि विकास गर्न आएको बताउँदै उनले यो निर्वाचनमा आफूलाई विकासका लागि निर्वाचित गराउन आग्रह गरेका छन्। &