प्रचण्डसँग चितवनमा प्रतिस्पर्धा गर्न राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेशको चर्चा

एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ। उनी एमाले प्रवेश गर्ने सम्भावना धेरै रहेको पनि पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बस्नेतले शुक्रबार दिएको अन्तर्वार्तामा दावी गरेका छन् । चितवनमा त प्रचण्डले चुनाव जित्ने फेरि पनि निश्चित छ भनिन्छ नि भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेकाे दावी गरे । ‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो न...

सम्बन्धित सामग्री

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।

कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीमा लड्ने उम्मेदवार

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।  राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

हामी प्रचण्डले बनाइदिएको स्वीटजरल्याण्डमा छौंः विक्रम पाण्डे

२१, कात्तिक, चितवन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवनमा प्रचण्डविरुद्ध चुनाव लडिरहेका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डको चर्को आलोचना गरेका छन् । मंगलबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेता पाण्डेले आफ्ना समकक्षीमाथि कडा आलोचना गर्दै भने- 'प्रचण्डलाई भाषण मात्र गर्न आउँछ, विकास गर्न आउँदैन्, सिरहा र रोल्पामा पनि राम्रै विकास …