विराटनगर : ‘शान्तिपूर्ण शव यात्रा गर्ने भन्दाभन्दै प्रहरीले बाटो किन छेक्नु?‚’ भन्दै हुइँकिएर आएको गाडीबाट ओर्लिएर प्रहरीतर्फ लागे लिम्बूवान भोलेन्टियरका युवाहरु। उनीहरु चढेको गाडीभन्दा पछाडि आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव राखिएको एम्बुलेन्स थियो।उनै लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भए। प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा शनिबार दिउँसो रोडशेष चोक क्षेत्र एकाएक तनावग्रस्त भयो।आजभोलि