काठमाडौँ– आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो खेल आगामी जनवरी १३ मा न्युजिल्याण्डसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको खेल तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले समूह चरणमा न्युजिल्यान्ड, पाकिस्तान, र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसीका अनुसार प्रतियोगिता आगामी जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ । […]