निर्वाचन आयोगले आगामी फागुन ५ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने तयारी गरेको छ । राष्ट्रियसभाको बुधबार भएको निर्वाचनको परिणाम बिहीबार नै घोषणा गरेपछि निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न लागेको हो।
२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ लिएका थिए ।
यस्तो छ आयोगको आन्तरिक कार्यतालिका २४ माघ : राष्ट्रिय सभा निर्वाचन २६ माघ : राष्ट्रिय सभाको अन्तिम परिणाम २९ माघ– प्रतिनिधिसभाको अन्तिम सूची बुझ्ने २ फागुन– संशोधित सूची बुझाउने अन्तिम...पूरा पढ्नुहोस् »
२४ गते हुने राष्ट्रिय सभा चुनावको परिणाम आएको केही दिनभित्र निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम परिणाम पनि सार्वजनिक हुनेछ। आयोगले फागुन ३ गतेसम्म दुबै सदनको अन्तिम परिणाम राष्ट्रपति लाई बुझाउने तयारी गरेको छ। प्रतिनिधि सभाको अन्तिम परिणाम आएपछि नयाँ सरकार गठनको प्रकृया सुरू हुनेछ। नयाँ सरकार बन्ने प्रक्रिया छिटो सुरू होस् भनेरै आयोगले समानुपातिकतर्फ सांसद…
काठमाडौं : फागुनसम्ममा प्रदेशसभामा एक सय १० मन्त्री हुने भएका छन्। प्रदेशमा सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्पने संवैधानिक व्यवस्था छ।संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्नेछ।
सरकारले प्रदेशप्रमुख...
संघीय संरचना अनुरुप देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान हुन थालेका छन्। प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन्। प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र गठबन्धन सरकारसमेत बन्न…