दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीविरुद्ध कारबाहीको लागि किटानी जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरमा मिना भण्डारी बस्नेतले मन्त्री विमलालाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन्। प्रहरीले त्यो जाहेरीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको छ। ‘अनुसन्धान र कारबाही घोराहीबाटै हुने भएकाले यहाँ आएको जाहेरीलाई घोराही पठाएका […]