त्रिभुवन विश्वविद्यालयको परीक्षा हलमा गैरपरीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेपछि ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताए ।