रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले आफ्नै नगरका शिक्षा शाखाका निमित्त अधिकृतमाथि हातपात गरेका छन् । मुसीकोट-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको परीक्षा संञ्चालनका क्रममा आफूमाथि हातपात भएको अधिकृत नरेन्द्र ओलीले बताए ।