नेपालमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) को संक्रमणलाई समयमै नियन्त्रण नगरे आगामी दशकमा भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । नेपालजस्तो सानो मुलुकमा बर्सेनि २ हजार २ सय एमडीआर टीबीका रोगी थपिँदै जानु चिन्ताजनक रहेको उनीहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २०२१ मा सार्वजनिक गरेको एमडीआर टीबीको उच्च प्रकोप भएका ३० राष्ट्रको सूचीमा नेपाल पनि छ । ‘एमडीआर टीबीलाई समयमै