काठमाडौं महानगरले थप शर्त राख्दा स्मार्ट सडक बत्ती जोड्न ढिलाइ

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो । सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार […]

सम्बन्धित सामग्री

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौं ।  ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ […]

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौं– साढे ११ हजारवटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहहरूसँगको लागत साझेदारीमा सहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरू निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको […]

कामनपाकोे सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान हुने

सम्झौता भएको दुई वर्षपछि काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानका लागि पहिलो पटक वि.सं २५ मंसिर २०७७ मा काठमाडौँ महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो । यसअघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा […]

महानगरभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र  छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताएकी छन् । चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा  ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् । महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रस

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर

थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो । बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त […]

ललितपुर महानगरले चारवटा रुटमा सिसिटिभी क्यामेरा राख्दै

ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँद

भीमेश्वर नगरमा जोडिँदै स्मार्ट सडक बत्ती

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिन लागेको हो । भीमेश्वर नगरपालिकाको ६० प्रतिशत तथा विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र चरीकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । अहिले ठेकेदारले पोल गाड्ने तथा तार तान्ने काम गरिरहेको उनले बताए । ठेक्का स्वीकृत रकमको ६० प्रतिशतस्वरूप भीमेश्वर नगरपालिकाको ५० लाख तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत गरी ३३ लाख ३३ हजार रकम बेहोरेको भीमेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोट सिमपानी मानेडाँडा, चरिघ्याङ, बीचबजार, नयाँ बसपार्क, पुरानो बजार, ध्यावपानी, सातडोबटेलगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ वटा पोल गाडिएको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । पोलमा २०० वाटका बत्ती  जडान गरिनेछ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासका एक–एक  पोलमा भने ६ वटा बत्ती जडान गरिने उनको भनाइ छ । बजार क्षेत्रभरि जडान गरिएका बत्तीको नियन्त्रण प्रणाली भने नगरपालिका तथा विद्युत् प्राधिकरण दोलखा शाखामा जडान गरिनेछ । नियन्त्रण प्रणालीबाटै कुनै बत्ति बत्ती बाल्ने तथा निभाउने सम्पूर्ण कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राती हिँडडुल गर्न सहज हुनुका साथै बजारमा हुन सक्ने चोरी तथा अन्य अपराधजन्य घटनामा कमी आउनेछ ।

सडक र पर्यटकीय क्षेत्रमा अब स्मार्ट बत्ती

काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ ।