काठमाण्डाै – लागुऔषध कोकिन र चरेसकाे कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युराेले आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लागुऔषध काराेबारमा संलग्न छ जनालाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको पाँच केजी छ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गएकाे पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक...