राप्रपा अध्यक्षमा रेखा थापाको समर्थन राजेन्द्र लिङ्देनलाई

काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएकी छन् । लिङ्देनले आज आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा उपस्थित भएकी थिइन् । नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् । पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको […]

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...