राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।