एमाले कर्णाली अध्यक्षमा गुलावजङ शाह विजयी, अन्य पदमा को ?

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलावजङ शाह विजयी भएका छन् । अर्का उम्मेदवार मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।आज (सोमवार) सम्पन्न मतगणना अनुसार शाहले ३६९ मत प्राप्त गरे । शाहीले भने २०७ मत ल्याए । यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्का प्रकाश रोकायले भने जम्मा ४ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाईले ३४२, सचिवमा ध्रुवकुमार शाहीले ४०६, उपसचिवमा रविन्द्रकुमार शर्माले २९९ र रमेशबहादुर शाहीले २६६ ल्याएर निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

एमाले कर्णाली अधिवेशनको मतगणना सुरु

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ। बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो।एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो। कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन्।

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।...

एमाले कर्णाली प्रदेशको अधिवेशन आजदेखि

काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको सुर्खेतस्थित सिटी हलमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अधिवेशनको बन्दसत्र भोलि सुरु हुनेछ । बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको एमाले कर्णालीले जनाएको छ । अधिवेशनमा कर्णालीका ९ जिल्लाबाट ६ सय भन्दा बढी […]

एमाले कर्णाली प्रदेश अधिवेशनमा ५५० प्रतिनिधि सहभागी हुने

नेकपा एमाले कर्णाली प्रदेशको १०–११ असोजमा सुर्खेतमा हुने प्रथम प्रदेश अधिवेशनमा पाँच सय ५० प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको […]

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।प्रदेशसभा संसदीय दलको बुधबार बसेको पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। कँडेल मुख्यमन्त्रीका दाबेदार हुन्।कर्णाली प्रदेशमा एमालेका प्रत्यक्षतर्फ ५ र समानुपातिकका ५ गरी १० सांसद छन्।

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

एमाले कर्णाली प्रदेश कमिटीद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना सिफारिस

सिमकोट – नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ। प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो। एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको उपस्थितिमा बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको […]

एमाले कर्णाली संसदीय दलको बैठक बस्दै, फेरि सुरु भयो सरकार ढाल्ने खेल

एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढाल्ने खेल सुरु भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता  यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो । यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबारका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदलाई पनि बोलाइएको छ । सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद ध...

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्