राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले