प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजबाट सुनुवाइ

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुने भएको छ। प्रतिनिधिसभा पुनर्स्थापना देखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने मागसहितका ३० मध्ये १९ वटा रिटमा सुनवाइ सुरू हुन लागेको हो। संवैधानिक इजलासमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई भने शुक्रबारवाट सुरू हुनेछ।

सम्बन्धित सामग्री

संवैधानिक इजलास निवेदकतर्फका कानून व्यवसायीको बहस सुरु

काठमाडौं।संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको विषयमा शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सुनुवाइ सुरू भएको छ। आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ।आज रिट निवेदक तर्फका कानुन व्यवसायीले बहस सुरु गर्दैछन्।रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय उपलब्ध गराइनेछ।

प्रतिनिधिसभा विघटन मुद्दामा आज यी पाँच अधिवक्ताले वहस गर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुन लागेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध ३० रिट परेकोछ ।

वकिलहरुको माग : प्रतिनिधिसभा विघटनबारे बृहत् संवैधानिक इजलासमा बहस होस्

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धमा परेका रिटको सुनवाइ आजबाट सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा अहिले सुनुवाइ भइरहेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जबराको इजलासमा भइरहेको हो। बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या…

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो।