नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको ढिलासुस्तीका कारण आगामी माघ ७ गतेसम्ममा सक्नुपर्ने निर्वाचन अन्योलमा पर्न लागेको बताएका छन्। आज फिक्कलमा आयोजित पत्रकार भेटघाटमा उनले भर्खरै बनेको निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि काम गर्न ढिलाइ गरेकाले तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौल बढेको बताए। नेता खनालले विकास निर्माणको प्रक्रियालाई जोडतोडका साथ अगाडि…