जापानको पर्यटकीय नगर आतामीमा भएको भूस्खलनका कारण चारजनाको मृत्यु भएको छ भने अझै ८० जना हराइरहेका छन् । घटनामा परी हराइरहेकाहरुको खोजी तथा पीडितको राहतका लागि उद्धारकर्मीहरुको व्यापक मात्रामा परिचालन गरिएको छ । भूस्खलनका कारण शहरको खानेपानी आपूर्ति बन्द भएको छ भने सडकहरु क्षतिग्रस्त हुँदा यातायात अबरुद्ध भएको छ । सयौं मानिस घरबारविहीन भएका छन् …