विपद् न्युनिकरणमा सरकारको एकिकृत विपद पोर्टल तर सर्वसाधारण अनविज्ञ
काठमाडौँ / विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टल मार्फत अलर्ट गराउने र
उपाय सिटी कार्गाे
बेस्ट स्टार्टअप कम्पनी
उपाय सिटी कार्गाे ढुुवानी सेवा दिने कम्पनी हो । यस कम्पनीले विशेषगरी अनलाइन माध्यमबाट ढुवानी गर्ने सवारीसाधान र ग्राहकलाई जोड्ने काम गर्छ ।
उपाय सिटीले मोबाइल एप ल्याएको छ । कुनै व्यक्तिले कुनै सामान कुनै निश्चित ठाउँमा पुर्याउनु परेमा सोही एपमार्फत पिकअप र ड्रप लोकसन प्रविष्ट गर्नुपर्छ । त्यसपछि कम्पनीमा दर्ता भएको सवारीसाधन आएर ग्राहकको सामान ढुवानी गर्नेछ ।
समग्रमा यस कम्पनीले ग्राहकलाई गाडी उपलब्ध गराउने काम गर्दछ । यसमा ढुवानी गर्ने गाडी कम्पनीको साझेदार हुन्छन् । ग्राहक भने सर्वसाधारण, कर्पोरेट कम्पनी लगायत पर्छन् । ढुवानी आवश्यक पर्ने जो कोहीले आवश्यक प्रक्रिया पूरा गरेर यो सेवा लिन सक्नेछन् ।
साढे २ वर्षअघि सञ्चालनमा आएको यो कम्पनी पछिल्लो समय लोकप्रिय पनि बन्दै गएको छ । कम्पनीले नेपालका विभिन्न शहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
नेपालका विभिन्न शहरमा साना र ‘बल्क’ सामानको दु्रत र झन्झटमुक्त डेलिभरी गरिने कम्पनीले बताएको छ ।
लिफ प्लस प्रालि
सेकेन्ड बेस्ट स्टार्टअप कम्पनी २०२१
लिफ प्लस सुपारीको पातको प्लेट अर्थात् टपरी उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले बनाएको डिस्पोजेबल प्लेट विभिन्न देशमा निर्यात समेत हुने गरेको छ ।
२०१७ सालमा स्थापित लिफ प्लस प्रालि व्यावसायिक रूपमा सुपारीको पातका प्लेट बनाउने पहिलो कम्पनी पनि हो । प्लास्टिकको डिस्पोजेबल प्लेट प्रयोग गर्दा फोहोर बढी हुने सम्भावना बढी हुन्छ । ५ वर्षमा प्लास्टिकको डिस्पोजेबल प्लेट विस्थापित गर्ने कम्पनीको योजना छ ।
कम्पनीले २० प्रकारको यस्तो प्लेट उत्पादन गर्दै आएको छ । जुन मःम लगायत खाजा/खाना खान प्रयोग हुन्छ । यस्तै, पूजा जस्ता धार्मिक कार्यमा पनि यस्तो प्लेटको प्रयोग हुने गरेको बताइएको छ ।
आमा एग्रो प्रडक्ट प्रालि (पोखरा)
तेस्रो उत्कृष्ट स्टार्टअप कम्पनी २०२१
आमा एग्रो ‘किसानलाई प्रोत्साहन, महिलालाई रोजगार तथा स्वास्थ्यवद्र्धक खाद्य वस्तुको उत्पादन’ मूल नारासहित पोखरामा स्थापित कम्पनी हो । आर्थिक वर्ष २०७५÷७६ मा स्थापना भएको यस कम्पनीले महिला उद्यमशीलतामार्फत स्थानीय कच्चापदार्थको प्रयोग गरेर पराम्परागत खाद्य वस्तु सातु उत्पादन गर्दछ । कम्पनीले विभिन्न उमेर समूहलाई लक्षित गरेर विभिन्न १० प्रकार (आमा सातु, बालबालिका सातु, महिला सातु लगायत)मा सातु उत्पादन गर्छ ।
एडमाना टेक्नोलोजी
उत्कृष्ट ५ मा सर्टलिस्टेड कम्पनी
एडमाना अनलाइन विज्ञापन सेवाप्रदायक कम्पनी हो । यसले विभिन्न डोमेन, ईमेल, एप्स, वेब पोर्टल, ब्लगर लगायत अनलाइन विज्ञापन सेवा प्रवाह गर्दछ । कम्पनीले मुख्यतः गुगल एडमा काम गर्दै आएको छ ।
२०१७ मा स्थापित यो कम्पनी काठमाडौंमा सञ्चालित छ । अनलाइन विज्ञापन सेवा क्षेत्रमा मानक रूपमा स्थापित हुने योजना एडमनाको छ ।
नेपाल एग्रो इनपुट्स माकेर्टिङ एण्ड आन्ट्रपे्रनरसिप सर्भिस प्रालि (नेम्स)
उत्कृष्ट ५ सटार्ट अप मध्ये एक
नेम्स कृषिक्षेत्रको कुनै पनि सामान उपलब्ध गराउने कम्पनी हो । कम्पनीले किसानलाई आवश्यक पर्ने बीउ, विभिन्न मेशिन लगायत उपलब्ध गराउँछ । यो कृषि क्षेत्रको सप्लायर्स कम्पनी पनि हो । कम्पनीले किसानलाई बीउ प्रयोग, कृषि उपकरण खरिद लगायतमा परामर्श समेत उपलब्ध गराउँछ ।
सन् २०१९ मा स्थापित यो कम्पनी चितवनमा सञ्चालित छ । कम्पनीले कृषि जलवायु परिस्थितिहरूमा अनुकूलन क्षमताका साथ उच्च गुणस्तरीय तरकारी प्रजातिको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आएको छ ।
स्पारो पे प्रालि/जानकी टेक्नोलोजी (खल्ती)
स्टार्टअप सक्सेस सम्मान २०२१ प्राप्त कम्पनी
स्पारो पे प्रा लि जानकी टेक्नोलोजी प्रालि अन्तर्गतको अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी हो । डिजिटल वालेट खल्ती यसैले प्रवर्धन गरेको हो । खल्तीले मोबाइल एप सञ्चालनमा ल्याएको छ, जसलाई मोबाइल वालेट पनि भनिन्छ । त्यसबाट अनलाइन भुक्तानीको काम गर्न सकिन्छ । साथै, एयरलाइन्स टिकट, विभिन्न प्रकारको बिल भुक्तानी, होटेल बुकिङ लगायत सेवा समेत लिन सकिन्छ । २०१७ देखि सञ्चालनमा आएको यो कम्पनी नेपालको सफल स्टार्टअप कम्पनीको रूपमा परिचित छ ।
कारखाना प्रालि
स्टार्टअप सक्सेस सम्मान २०२१ प्राप्त कम्पनी
कारखाना सामाजिक उद्यम हो, जसले विद्यार्थीहरमा सही शीप र मनोवृत्ति बढाउने काम गर्छ, ता कि उनीहरू आफैले समस्या समाधान गर्न सकून् र भविष्य आफै निर्माण गर्न सकून् ।
कम्पनीले माध्यमिक विद्यालयका विद्यार्थीका लागि सिकाउने किट्स सिर्जना गर्छ, जुन बालबालिकाको सिकाइमा स्रोतसाधन बन्न, उनीहरूको आफ्नै वातावरणलाई पुनः आकार दिन, समस्या समाधान गर्न सहयोगी हुन्छ । साथै यसले उनीहरूलाई अप्रत्याशित समस्याको सामना गर्न आत्मविश्वास बढाउने कम्पनीको भनाइ छ ।