काठमाडौं । यही महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् […]