२९ जना संस्थागत रक्तदाता सम्मानित

दाङ –दाङमा बिहीबार ५६औँ रक्त सञ्चार दिवस मनाइएको छ। यो दिवस मनाउन खुला रक्तदान शिविरसमेत आयोजना गरियो। उक्त कार्यक्रममा रक्तदान गर्नेमा सुरक्षाकर्मी धेरै देखिन्थे। रक्तदान गर्नेलाई सम्मानसमेत गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले जिल्लाका तीन स्थानमा कार्यक्रम गरी रक्तदातालाई सम्मान गरेको हो। जसअन्तर्गत लमहीमा भएको कार्यक्रममा २९ जना संस्थागत रक्तदातालाई सम्मान गरिएको छ। […]

सम्बन्धित सामग्री

सर्वाधिक रक्तदाता उपाध्याय नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिमबाट सम्मानित

कञ्चनपुर । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उदघाटनसत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरिएको छ । उपाध्यायले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन् । उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा उपाध्यायसँगै स्वास्थ्य […]

गोरखामा १७९ औं पटक रक्तादान गर्ने सम्मानित

गोरखामा १७९ औं पटक रक्तदान गर्ने एक जना सम्मानित भएका छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको आयोजनामा अहिलेसम्मकै धेरै पटक १७९ औं पटक रक्तादान गर्ने रक्तादाता प्रेम सागर कर्मचार्यलाई गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले खादा र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

सुदूरपश्चिमका सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

विश्व रक्तदाता दिवस शुक्रबार नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभर याे दिवस मनाइने गरिन्छ ।

रक्त सम्राट् कर्माचार्यलाई सम्मान

नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।

युवा दिवसको अवसरमा वीरगञ्जका उद्यमीलाई अवार्ड

वीरगञ्ज । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले स्थानीय उद्यमीहरूलाई अवार्ड प्रदान गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा विभिन्न २२ विधामा अवार्ड दिइएको हो । वीरगञ्ज क्षेत्रमा नवीनतम तरीकाले उद्यम सञ्चालन गरेका र सानो पूँजीबाट उद्यम थालेर सफलता पाउँदै गरेकाहरूलाई प्रोत्साहन गर्न अवार्ड दिइएको वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवालले बताए । स्टार्टअप तथा इनोभेसनतर्फको अवार्ड इन्द्रेणी ग्रुप र इजी इट्सलाई दिइएको छ भने लाइफटाइम एचिभर अवार्ड पाउनेमा हँसुवा नास्ता पसल, पराठा हाउस, बाँसबारी जुत्ता, बब्लु टी स्टल, कमल शर्मा फलुदावाला र झमक ब्याण्ड परेका छन् । ‘डेयर टु डू’अन्तर्गत थ्रिल फ्याक्ट्री, माल्ट, वान इलेभेन, एक्सप्रेस कार वास, वल्र्ड अफ वन्डर, त्रिशला र मेजिक बेलले अवार्ड पाएको एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए । उदीयमान व्यवसायमा स्पोटर््स हाउस नेपाल र आयो परेका छन् । सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लब अफ नेपाल वीरगञ्ज र रक्तदाता योगेश खनाल सम्मानित भएका छन् । सो अवसरमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा सहभागिता’ विषयक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा संघीय सांसद विना जयसवाल, एनवाईईएफ केन्द्रीय अध्यक्ष सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवाल, एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवाल, सामाजिक अभियन्ता नुतन सरावगी, विश्लेषक विनोद गुप्तालगायतले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा युवाको सार्थक सहभागिताको खाँचो औंल्याए । राज्यले युवा उद्यममैत्री नीति र कानून निर्माण गर्नुपर्नेमा उनीहरूको जोड थियो । अन्तरक्रियाको सहजीकरण न्यू बिजनेश एजका प्रदेश ब्यूरो प्रमुख ओमप्रकाश खनालले गरेका थिए । त्यसअघि कार्यक्रम उद्घाटनको पहिलो सत्रलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले युवाको सक्रियताविना देशले विकासमा कोल्टे नफेर्ने भन्दै नवप्रवर्तनका लागि सहकार्य गर्न महानगर तयार रहेको बताए । मुख्य वक्ता मानसी अग्रवालले युवाले आफूमा दक्षता वृद्धि गर्नुपर्ने र प्रविधिले ल्याएको परिवर्तनसँग अभ्यस्त हुनुपर्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले युवामैत्री नीतिको खाँचो औंल्याए ।

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ सम्पन्न

काठमाडौं  । सिजन मिडियाको आयोजनामा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सोमवार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीलाई अवार्डले सम्मान गरेका हुन् । उक्त अवसरमा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउण्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु सम्मानित भएका छन् । त्यस्तै चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी अमित कुमार शर्मा, ललितपुरस्थित नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालश्रम पोखराकी सञ्चालक शारदा बस्नेत लगायतलाई अवार्ड दिइएको हो ।

उज्यालो सहकर्मी भावुक योगी नेपाल स्वयमंसेवी रक्तदाता समाज बर्दियाद्वारा सम्मानित

बर्दिया – बर्दियाका उज्यालाे सहकर्मी भावुक याेगी सम्मानित हुनुभएकाे छ । बर्दियामा सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले सञ्चालन गरेका रक्तदान कार्यक्रमलाई थप प्रभावकारी बनाउन रक्तदानको महत्त्वलाई समुदायसम्म पुर्‍याउन निरन्तररूपमा सूचना, समाचार सम्प्रेषण गरी महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै योगी नेपाल स्वयमंसेवी रक्तदाता समाज बर्दियाद्वारा सम्मानित हुनुभएको हाे ।  विसं २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियानमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण ग...

रक्तदाता कर्माचार्य सम्मानित

५६ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य सम्मानित भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखासँगको समन्वयमा बिहीबार उनीसँगै स्थानीय रक्तदाता ज्योति कार्की पौडेल, कृति गुभाजू शाक्य र प्रवाशकुमार शाक्यलाई पनि सम्मान गरेको हो ।

रक्तदाता प्रेमसागर सम्मानित - Naya Patrika

सयपटकसम्म रक्तदान गरेका स्वयंसेवी रक्तदान समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यलाई एभरेस्ट ग्रुपले सम्मान गरेको छ । बृहत् अन्तरक्रिया तथा रक्तदान कार्यक्रमका क्रममा उनी सम्मानित भएका हुन् ।

रेकर्डेड रक्तदाता कर्माचार्यलाई सम्मान

काठमाडौं- नेपालम सबैभन्दा बढी रक्तदान गरेका रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित भएका छन्। दशैं तथा तिहारको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा कर्माचार्यलाई सम्मान...