‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ सम्पन्न

काठमाडौं  । सिजन मिडियाको आयोजनामा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सोमवार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीलाई अवार्डले सम्मान गरेका हुन् । उक्त अवसरमा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउण्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु सम्मानित भएका छन् । त्यस्तै चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी अमित कुमार शर्मा, ललितपुरस्थित नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालश्रम पोखराकी सञ्चालक शारदा बस्नेत लगायतलाई अवार्ड दिइएको हो ।