गएराति धान खेतमा बँदेल लगायतको जंगली जनावर धपाउन बिछाएको विद्युतीय धरापमा (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि मृत्यु भएको वर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । 'हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो' , एसपी कार्कीले भने, 'धानखे