काठमाण्डाै – राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आउँदो जनगणनाका लागि भइरहेको तयारी र अहिलेसम्मको प्रगतिबारे जानकारी लिएको छ ।
आउँदो जेठ २५ देखि असार ७ गतेसम्म हुने बाह्राैँ राष्ट्रिय जनगणनाको तयारीबारे समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग जानकारी लिएको हो । समितिको बैठकले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङ्क सङ्कलन गर्ने काममा कमजोरी हुन नदिन पनि ध्यानाकर्षण गराएको छ ।
बैठकमा सदस्यहरूले बसाइसराइँ र विभिन्न पेसा, व्यवसायमा संलग्न हुने सिलसिलामा सहर...