एमसिसीविरुद्धको प्रदर्शनमा प्रहरीको बल प्रयोग (तस्बिरहरु)

काठमाडौँ – प्रहरीको अवरोधका बाबजुद बानेश्वरमा एमसिसीको विरोधमा प्रदर्शन भएको छ । बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । तर पनि प्रदर्शनकारीले नाराबाजी भने गरिरहेका छन् । संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरु पुरानो बानेश्वरबाट संसद […]

सम्बन्धित सामग्री

इराकमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २० जनाको मृत्यु

काठमाडौं : इराकमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २० जनाको मृत्यु भएको छ।एक सयभन्दा बढी मानिस घाइते भएका छन्। राजधानी बगदादस्थित ग्रिन जोनमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कयौँ मानिस हताहत भएको अधिकारीहरुले जनाएका छन्। इराकका एक शक्तिशाली शिया धर्मगुरु मुक्तदा अल सदरले राजनीतिक जीवन त्याग्ने घोषणापछि भएको प्रदर्शन हिंसामा परिणत भएको हो। अल सदरका समर्थकहरु प्रदर्शनमा निस्किएपछि इरान समर्थित सर्वसाधारणसँग झडपसमेत भएको छ । झडप रोक्न प्रहरीले गोली प्रहार गरेको जनाइएको छ। प्रदर्शनकार

गभर्नर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। […]

एमसीसी विरुद्धकाे प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न आग्रह

काठमाण्डाै - संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ । यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ...

‘प्रदर्शनमा बल प्रयोग गर्न नखोज्नुस्’

३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट हुने गलत क्रियाकलापको संरक्षण नगर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई चेतावनी दिएका छन् । पूर्ण बैठकका क्रममा केही न्यायाधीशहरूले मुख्य रजिष्ट्रार कुँवरलाई बोलाएर कानून व्यवसायीहरूको शान्तिपुर्ण प्रदर्शमा बल प्रयोगको घटनाले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश भएको भन्दै संयमता अपनाउन सुझाव दिएका हुन् । ‘कि त मूलगेटसम्म नै […]

सर्वोच्चमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाण्डाै - सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नाराबाजी गरेका छन्। उनीहरुले सर्वोच्च अदालतको मूलढोकामै प्रदर्शन गर्ने तयारी गरे पछि प्रहरीले बल प्रयोग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीले आज काठमाण्डौ उपत्यकाभित्रका सबै अदालत र न्यायाधीकरणमा धर्ना दिँदैछन् । नेपाल बार एसाेसिएशनको अगुवाइमा भइरहेको धर्ना कार्यक्रममा उनीहरु हातमा कालोप...

शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग : एम्नेस्टी

एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो ।प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ […]