पाँचथर – माघ महिनामा परेकाे झरीका कारण चिसो बढेपछि धेरैजसाे ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैँची किसानलाई भने फाइदा पुगेको छ ।
अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो ।
गएको कात्तिक महिनाको १, २, ३ गतेको बेमाैसमी वर्षापछि कमै मात्र पानी पर्दा मुहानहरू सुक्दै गएपछि अलैँचीको बोट मर्छ क...