काठमाडौं, १ मंसिर । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ । बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो । जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व […]