सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा ख मा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित हुनु भएको छ । एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका सरिता खड्काले १५ हजार दुई सय ४२ मत ल्याउनुभएको छ । एमालेका लिंथेप दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । खड्का अघिल्लो चुनावमा एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो ।
एमा...