चितवन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारण सभा तथा सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दीपा शाही, महासचिवमा सुरेन्द्र केसी, सचिवमा बुद्धिसागर सापकोटा, कोषाध्यक्षमा नेत्रप्रसाद शर्मा, सहकोषाध्यक्षमा विमला अधिकारी, सदस्यहरूमा सन्तोष देवकोटा, रूपा सुनार, यज्ञबहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरिप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा उत्कृष्ट घरधनीको रूपमा नारायण सापकोटा र घर बहालमा बस्ने उत्कृष्ट व्यवसायीको रूपमा मनास्लु होटल पुल्चोकका प्रोपाइटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा घर बहाल सरोकार मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष सिरिष पन्त, घर बहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
दोहा – प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सम्पन्न भएको छ। ओसिसबीच होटेल दोहाको सभाहलमा भएको छैटौँ अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान रहेका छन् भने सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन भएका छन् […]
टोकियो। नेवाःजागरण मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२२/२०२४ को कार्यकालका लागि कृष्ण बदन जोशी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले वरिष्ठ उपाध्यक्ष सागर कपाली, उपाध्यक्षमा राम भक्त जोशी निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक जमुना जोशीले जानकारी दिए।
जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन् । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिनुभएको छ । मञ्चका वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, जनक सुवेदी, श्रवण सत्याल, आरएच गौतम र नवराज गौतम निर्वाचित भएका छन् ।त्यसैगरी महासचिवमा बाबुराम पौडेल, उपमहासचिव दावा शेर्पा, रामकृष्ण भण्डारी र शिबु थापा निर्वाचित भएका छन् । सचिवमा खगराज गौतम, अर्जुन अंगाई, गौरी शङ्कर गैरे, बेनुका खड्का र मुना सुनार तथा कोषाध्यक्षमा भुवन हुमागाईं, सह
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
मंगलवार राति अबेर सम्पन्न १२ औं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
मञ्चको महासचिवमा कल्पना मगर चयन भएकी छन् । इन्चार्जमा निवर्तमान अध्यक्ष जितबहादुर लामालाई तोकिएको छ ।
प्रवास इन्चार्ज ओम शर्मा विशेष अतिथि रहेको अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तले गरेका थिए ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोप अध्यक्ष सुरेन्द्र भुषाल, एनआरएन...
नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, श्रवण सत्याल, जनक सुवेदी, आर एच गौतम र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी …
२८ मंसिर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्म । मञ्चका पूर्वसचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनी एनआरएनए स्पेनका पूर्वकोषाध्यक्ष तथा सल्लाहकारसमेत हुन्। नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिविधिहरूलाई निरन्तरता दिने […]
पोखरा- संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट कोइराला अध्यक्षमा चुनिएका हुन् ।त्यसैगरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले […]